जुम्लामा उत्पादित स्याउको माग बढ्यो

जुम्ला । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निकासीको शुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट जुम्लाका स्याउको माग बढ्दो रहेको बताइएको छ । स्थानीय किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न शुरू भइसकेको बताए । जिल्लाका स्याउ बजारमा विक्रीका लागि पठाउन शुरू भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ ।      कार्यालयले सूचना जारी गरी निकासीका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषिफर्म सञ्चालन गरेका तथा स्याउ बगंँचा भएका किसानले आफ्नो स्याउ विक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिश लिनुपर्ने प्रावधान छ । स्याउको पहिचान बचाउन लोगो टाँसिएको कार्टुन व्यापारीलाई उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन एकाइले बताएको छ । स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म २ हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । यहाँ उत्पादित स्याउ ए, बी र सी ग्रेडमा छुट्याइएको छ । यीमध्ये ए र बी ग्रेडको स्याउ निकासी गरिएको छ । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा विक्रीका लागि दिइने गरिएको कार्यालयले बताएको छ । स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार ८०० कार्टुन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालयले १० हजार ८०० र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो । स्याउ जिल्लाबाहिर निकासमिा सहज बनाउन ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको छ । कार्यालयमा ५१६ उद्योगी, कृषिफार्म तथा सहकारी कृषक समूह सूचीकृत छन् । रासस

सम्बन्धित सामग्री

जुम्ली स्याउको माग बढ्यो

खलङ्गा। जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले सूचना जारी […]