विकासका नाममा मन्त्रीले सबैलाई पैसा दिएर खुसी बनाउनुपर्दासम्म देश विकास हुँदैन  - मन्त्री झाँक्री

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आज सोमवार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री उहाँले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।मन्त्री झाँक्रीले प्राथमिकताका आधारमा आयोजना छनाेट गर्नुपर्ने र असीमित आवश्यकताहरूलाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने बताउनुभयो । उहाँले विकास आयोजनाको नाममा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुसी बनाउनुपर्ने...