साना किसानलाई धानको बिउ किन्न अनुदान, सातै प्रदेशमा भूमि बैंक

काठमाण्डाै – सरकारले साना किसानका लागि धानको बिउ किन्न २० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले दूध तरकारी फलफूल माछामासु लगायतका उपभोग्य वस्तुको ढुवानी भाडामा २५ प्रतिशत अनुदानको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो । यस्तै सरकारले आउँदो आर्थिक वर्ष भित्र सबै प्रदेशमा भूमि बैंक स्थापना गर्ने जानकारी पनि दिएको छ । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै सबै प्रदेशमा भूमि बैंक र कम्तिमा ५० शाखा सञ्चालन गर्...