काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सरकारी तथा गैरसरकारी क्षेत्रलाई समेत समेटेर निःशुल्क कानुनी सहायता नागरिकको घरदैलोसम्म पुर्याउने बताइन्। […]
काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले मौसम विज्ञान विभागका अनुसार देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन, आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपील गरेका हुन् […]
काठमाडौँ । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो । मन्त्रालयले बाढी, पहिरो […]
अहिले नेपाली कांग्रेसको अधिवेशनप्रति कार्यकर्ताहरूमा उत्साह छ । र जनता पनि यसलाई एकदम सकारात्मक रूपमा लिइरहेका छन् । किनभने अरु पार्टीको महाधिवेशनहरूमा आमपब्लिकको चासो हुँदैन, यसमा चासो छ ।