काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) अर्ली इलेक्सनमा जाने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बसेको कार्यसमिति बैठकले आगामी २८ माघमा निर्वाचनमा निर्वाचन गर्ने निर्णय भएको हो। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार बहुमत सदस्यले यस्तो निर्णय गरेका हुन्। “बहुमत सदस्यले चारवर्षे कार्यकाल सकिनुअगावै निर्वाचनमा जाने प्रस्ताव राख्नुभयो। उक्त प्रस्ताव पारित गरेका छौं,” शाहले नेपालन्युजसँग भने। […]