एजेन्सी– बङ्गलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता तारिक रहमान १७ वर्षको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कने तयारीमा रहेका छन् । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका उनी आगामी प्रमुख आमनिर्वाचनअघि ढाका आइपुग्ने तयारीमा छन् । ६० वर्षीय रहमानले सन् २००८ मा आफूविरुद्ध राजनीतिक रूपमा प्रेरित उत्पीडन […]