जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा सिंहदरबार र बाहिरका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा सयौँ सरकारी सवारीसाधन क्षतिग्रस्त भए। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार सिंहदरबारभित्र र बाहिर गरी दुई हजारभन्दा बढी दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन जलेका छन्। केही मन्त्रालय र सरकारी निकायले सवारी क्षतिको विवरण अझै निकाल्न सकेका छैनन्। सार्वजनिक पद धारण […]