काठमाडौँ। काठमाडौँको मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलमा बिहीबार बिहान एक युवकको शव फेला परेको छ। मदन भण्डारी कलेज नजिकैको खोलामा साइकलसहित ती युवकको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्दाजी २५ वर्षीय ती युवकको पहिचान खुल्न सकेको छैन। मृतकको शवसँगै एउटा साइकल पनि खोलामा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।