भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल दासले नेतृत्व गर्नुभएको मध्यपुरथिमि नगरपालिका–१ मनोहरास्थित बिपी नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा २१ लाख बिरामीलाई सेवा प्रदान गरेको छ । विश्व अपाङ्ग दिवसको अवसर पारेर अस्पतालले आज यहाँ आयोजना गरेको १३औँ वार्षिकोत्सव कार्यक्रममा अस्पताल स्थापनाको सो अवधिमा प्रदान गरेको सेवाका बारेमा जानकारी दिइएको हो । […]