यस वर्ष अनियमित मौसमले भोजपुरका किसानलाई खासै राहत दिएन। समयमा पर्याप्त वर्षा नपर्नु र रोपाइँपछि एकाएक परेको बेमौसमी वर्षाले जिल्लामा धान उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार मौसमको असन्तुलनका कारण धानबालीमा व्यापक क्षति पुगेको हो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बराल भन्छन्, मनसुन सुरु हुँदासमेत अपेक्षित पानी नपर्दा धेरै ठाउँमा रोपाइँ नै […]