दाङ– बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीले सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र, दाङबाट साउन १६ देखि १९ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरी बन्दुक बरामद गरेको हो । बंगलाचुली गाउँपालिका– ४, ५, ६, ७ र ८ अन्तर्गत हिमाल, लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नवचेतनशील […]