काठमाडौं। कोदालोले हानेर आफ्नै दाइको हत्या गर्ने ३४ वर्षीय चित्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१ पुनर्बासका चित्रबहादुरले ३६ वर्षीय दाइ कृष्णबहादुर शाहीमाथि कोदालोको बिँडलगायतले प्रहार गरेका थिए। प्रहरीका अनुसार कृष्णबहादुरको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले चित्रबहादुरलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको […]