पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद गरेको छ। पर्साको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँचका क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कार रोकेको थियो। कारको खानतलासी गर्दा प्लास्टिकका १० पोकामा लुकाएको १०४ किलो ३२५ ग्राम गाँजा फेला परेको पर्साका प्रहरी उपरीक्षक […]