म्याग्दी जिल्लामा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको सुरुङ निर्माण कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो। अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्ने काम प्रारम्भ गरिएको आयोजना निर्देशक रमण सिंहले जानकारी दिए। उनका अनुसार आगामी चार वर्षभित्र आयोजना […]