काठमाडौँ। नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) ले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको पहिलो वार्षिक साधारणसभाले सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन, सूचना प्रविधिजस्ता ठूला सहरी परियोजनाका अतिरिक्त कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा […]