सर बोल्दै हुनुहुन्छ 'आफ्नो श्रीमतीलाई कसैले नहेरोस्। अनि आफू चाहिँ अरूको श्रीमती हेर्न सकियोस् यही चाहन्छ मान्छे।' यी बेतुकका कुराकानी टुङ्गियोस् भनेर सोझै भनिदिएँ, 'सर म त पिताको स्नेहबाट बञ्चित पुत्री हुँ। पिताका उमेरका सबैमा म मेरो बुवा या गुरू बिराजमान देख्छु।'