स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

बैतडी– सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद गरिएको जनाउँदै उनीहरूले आपत्ति जनाएका  हुन् । प्रदेश सरकारले आफ्नो माग पूरा नगरेको जनाउँदै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णयमा पुगेको सङ्घर्ष समितिका संयोजक राजेन्द्रसिंह साउदले जानकारी दिए । स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घर्ष समितिले […]