बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ । बडीमालिका नगरपालिका–८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टल स्टोरमा मंगलबार दिउँसो करिब सवा १२ बजेतिर आगलागी भएको हो । बिजुलीको तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट करोडौं रूपैयाँको क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको एकिन विवरण भने प्रहरीले संकलन गरिरहेको छ […]