अल्पमतमा ओली: हिजोका निकटस्थले नै दिए नेतृत्व त्याग्नुपर्ने दबाब

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि आन्तरिक दबाब तीव्र बन्दै गएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा अधिकांश पदाधिकारीहरूले ओलीको कार्यशैलीमाथि खुलेर प्रश्न उठाउँदै ‘मार्गप्रशस्त’ गर्नुपर्ने धारणा राखेपछि उनी सचिवालयमै अल्पमतमा परेको निष्कर्ष निस्किएको छ । शनिबारसम्म जारी छलफलमा बोल्ने सचिवालयका १५ पदाधिकारीमध्ये अध्यक्ष ओलीको स्पष्ट पक्षमा उभिने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ […]