सरकारले नै मनोविमर्शकर्तालाई गरेको विभेद!

पालिकाहरूले मनोसामाजिक मनोविमर्शकर्ताको विज्ञापन गर्दा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले सञ्चालन गरेको ७८० घण्टा तालिम प्रमाणपत्र पाएको व्यक्ति, नर्स, हेल्थ एसिस्टेन्ट हुनु पर्छ भन्छ। त्यस्ता व्यक्ति पालिका स्तरमा पाउने सम्भावना नभएपछि मनोविमर्शकर्ता भनी सामान्य ज्ञान नभएका व्यक्तिलाई नियुक्त गर्न थालेको छ। उनीहरूले मनोविमर्शको मर्म बुझ्न सकेको पाइँदैन। तर लामो समयदेखि मनोविमर्शको क्षेत्रमा कार्यरत व्यक्तिलाई योग्यता पुगे पनि पालिकाले निवेदन पनि स्वीकार गर्दैनन्।