पशुपतिनाथ क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय महिला पक्राउ

काठमाडौँ‍- पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आएका भक्तजनको घाँटीबाट सुनका सिक्री लुटपाट गर्ने आरोपमा पाँच भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान करिब ११:३० बजे काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा लुटपाटमा संलग्न रहेको आरोपमा पाँच महिलालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरू भारतको गोरखपुर नौसर घर भएका ३५ वर्षीया अन्जु […]