काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सोमबार मधेस प्रदेशमा भएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अपमान भनेका छन् । श्रेष्ठले सोमबार मधेस प्रदेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिबासस्थित पानस होटलबाटै मुख्यमन्त्री बनाएको प्रसंगमा उनले यस्तो बताएका हुन्। प्रदेश प्रमुख भण्डारीमार्फत पानस होटेलमा मुख्यमन्त्रीका रुपमा यादवलाई शपथ गराइनु […]