पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने

काठमाडौं : नेपाली फुटबल टोलीले शनिवार इराकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलमा नेपाल सेतो जर्सामा उत्रने छ। नेपाली फुटबल टोली पहिलो पटक सेतो जर्सीमा उत्रन लागेको हो। इराक पुगेर बस्रा स्टेडियममा अभ्यास गरेको नेपाली टोलीले भोलि बेलुकी इराकको सामना गर्नेछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपालमा १०:१५) हुनेछ। खेल…

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

२० भदौ, काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ […]

नेपालसँग फुटबल खेल्न सँधै कठिन हुन्छ :भारतीय कप्तान क्षेत्री

काठमाडौं । नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् ।उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् । उनले आफूले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए […]

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम इराकमा

१२ जेठ, काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ ।  नेपालले शनिबार एसियन कप जितिसकेको इराकसँग खेल्नेछ । त्यसपछि नेपाल विश्वकप छनोटको बाँकी तीन खेल खेल्न कुवेत जानेछ । नेपाली टोली …

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम इराकमा

काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम आज इराक पुगेको छ। टोलीमा२३ खेलाडी र अफिसियलसहित ३५ जना छन्। नेपालले जेठ१५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ। जहाँ नेपालले जेठ२० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ२८ गते अष्ट्रेलियासँग खेल्नेछ। अबदुल्लाह अल्मुताइरीको मुख्य प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो।

नेपाली फुटबल टिम ईराकमा, जेठ १५ मा मैत्रिपूर्ण खेल, राखेप सदस्यसचिव पनि टिममा

ईराकसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टिम मंगलबार राति ईराक गएको छ । २३ सदस्यीय खेलाडीसहित ३५ जनाको जम्बो टिम राति १० बजे कतार एयरवेज हुँदै ईराक गएको हो ।

नेपाली फुटबल टिम : १८ महिना, ७ खेल, अझै गोल र जितबिहीन

'नेपालले गोल गर्न नसकेको लामो समय भइसक्यो। फरवार्डहरू चुकिरहेका छन्। उनीहरुलाई विशेष प्रशिक्षण र काउन्सिलिङको खाँचो भएको जस्तो लाग्छ,' महर्जनले भने।

नेपाललाई हारकाे बदला लिने अवसर

‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच दोस्रो र अन्तिम खेल हुँदैछ । नेपालले दोस्रो खेल पनि बङ्गबन्धु रङ्गशालामा बङगलादेशसँग उसकै घरेलु मैदानमा खेल्दैछ । पहिलो खेलमा २–० ले हारेपछि नेपालको बोहनी खराब भएको थियो । नेपाल पाँच वर्षपछि बङ्गलादेशसँग पराजित भएको हो । त्यसैले सो पराजयले नेपाली फुटबल टिम मात्र होइन समर्थक पनि निराश छन् । तर नेपाली फुटबल टिमसमक्ष सो हारलाई बिर्साउने अवसर पाँच दिनपछि नै पाएको छ । नेपाली खेलाडीहरुले मङ्गलबार आप्mना समर्थकको सोही निराशालाई खुशीमा बदल्न जिम्मेवारी बोध गरेर खेल्ने आशा गरिएको छ ।