बंगलादेशमा हिन्दूहरूमाथि गरिएको आक्रमणको काठमाडौंमा विरोध (तस्बिरहरू)

बंगलादेशमा मुस्लिम समुदायले अल्पसंख्यक हिन्दूहरुमाथि गरेको आक्रमणलाई लिएर काठमाडौंमा प्रदर्शन गरिएको छ । हिन्दूवादी संघसंस्थाको अगुवाइमा काठमाडौंस्थित बंगलादेशी दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘बंगलादेशका हिन्दूहरूलाई न्याय देऊ’ लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।