२१ भदौ, वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित घरको छानामा एक युवक मृत फेला परेका छन् । चोकस्थित जस्तापाताले छाएको छानामा अन्दाजी २२-२३ वर्षका युवकको शव भेटिएको प्रहरीले जनाएको छ । मनि ट्रान्सफर रहेको घरमा भेटिएका मृतकको पहिचान खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ […]