सुदूरपश्चिममा ४९ नमुना परीक्षण, १० जनामा भेटियो कोरोना

धनगढी : सुदूरपश्चिममा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। प्रयोगशालामा ४९ नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढीका ३ जनासहित १० जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये ३ जनालाई आइसियू र २ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारी श्रेष्ठले बताए। 

सम्बन्धित सामग्री

काठमाण्डौमा ३ हजार जनाकाे नमुना परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना भेटियो

काठमाण्डाै – सरकारले काठमाण्डौमा समुदायस्तरमा कोरोना भाइरसकाे सङ्क्रमण फैलिएको पुष्टि हुन बाँकी रहेको जनाएको छ । इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले अहिलेसम्मको नतिजाले काठमाण्डाैमा समुदायस्तरमा फैलिएको मान्न नसकिने बताउनुभयो । महाशाखाका निर्देशक पाण्डेले कोरोना ...

‘उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस’

२० असार, काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको …