काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई जना केन्द्रीय सदस्य राप्रपा नेपालमा प्रवेश गरेका छन्। काठमाडौँमा सम्पन्न राप्रपा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित दुई नेताहरु कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका हुन्।
राप्रपा नेपालमा प्रवेश गर्नेहरुमा संखुवासभाका पदम बहादुर तामाङ र लमजुङका मदिना खातुन रहेका छन्।