४१ दिनपछि अनशन तोडियो, माग पूरा नभए फेरि आन्दोलन, (तस्वीरहरू)

काठमाडौं : नेपालगन्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटना अनुसन्धानको माग गर्दै ४१ दिनदेखि जारी धर्ना स्थगित गरिएको छ। सरकारसँग मंगलबार भएको चारबुँदे सहमतिलगत्तै आन्दोलनरत पक्षले अनशन तोडेर धर्ना स्थगित गरेको हो।सहमतिपछि नागरिक आन्दोलनका अगुवा डा. गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको थियो।  बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै रुबी खानको समूह अनशनरत थियो।यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुक