‘ईशान’बाट उपत्यकामा स्मार्ट शहरको निर्माण थाल्न गृहकार्य

२ मंसीर, काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चार स्मार्ट शहरमध्ये सबैभन्दा पहिले ‘ईशान शहर’मा भौतिक विकासको काम अघि बढाउने गृहकार्य शुरु भएको छ । उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालयले चारमध्ये पहिले ईशानको भौतिक विकास योजना तयार गरेर पारित गर्ने प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका सहप्रवक्ता दिनेश पोतेका अनुसार मन्त्रालयमा बनेको एक कार्यदलले […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा सार्वजनिक बस व्यवस्थापनमा सकस, वर्षेनी चुनौती थपिंदै

काठमाडौं । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौं आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन ।            काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।            विशेषगरी अहिले काठमाडौंबाट पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माइक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । यस्तै, धादिङ, रसुवा नुवाकोट जाने सवारी साधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । गोङ्गबु चोकदेखि बालाजु चोकसम्मको दुई किलोमिटर दूरीमा नयाँ बसपार्क सञ्चालनमा रहे पनि अधिकांश माइक्रोबस तथा ठूला बस सडक छेउबाटै सञ्चालन हुँदै आएका छन् । ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातिको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।  जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायतका क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् । चितवन, नवलपरासी क्षेत्रमा चल्ने माईक्रोबस कलङ्की र हेटौंडा चल्ने सुमोबस बल्खुबाट चल्दै आएका छन् ।            सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि काठमाडौँ महानगरपालिकाले वडा नं २६ गोङ्गबुस्थित विष्णुमति खोला किनारामा १६१ रोपनी क्षेत्रफलमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका छन् ।            काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ सबै सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने गरी काठमाडौं महानगरपालिकाले गृहकार्य थालिरहेको बताउँछन् ।   हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलङ्कीदेखि बालाजु–चाबहिल हुँदै कोटेश्वरसम्म दोस्रो चरणको काम भइरहेकाले सडकबाट बस सञ्चालन गर्न कठिनाइ भइरहेको व्यवसायी बताउँछन् । लमजुङ माईक्रोबस कम्पनीका कर्मचारी विष्णु खत्री नयाँ बसपार्कभित्र माइक्रोबस लैजाँदा माइक्रोबसले बोक्ने यात्रु ठूला बसले बोक्दा माइक्रोबसले यात्रु नपाउने डरले आफूहरुलाई बसपार्कभित्र जान समस्या परेको बताउँछन्।  काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।            कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउँछन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । रासस

कुहिने फोहरलाई अब काठमाण्डौमा नै व्यवस्थापन गर्न गृहकार्य सुरु

काठमाण्डाै - यही साउन अन्तिम हप्तादेखि काठमाण्डाै उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गरिने भएकाे छ ।  पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि ठाउँ पहिचान भएसँगै  त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाण्डाै महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र त्यही ठाउँबाट नै काम सुरु गर्ने जनाएको छ ।  त्यस ठाउँमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सक...

‘चार नयाँ नगरको विकास योजना छिट्टै स्वीकृत हुन्छ’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छन् । उनले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने समेत बताइन् । मन्त्री झाँक्रीले भनिन्, “नयाँ नगरको भौतिक विकास योजना स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा गृहकार्य भइरहेको छ ।”भक्तपुरमा बसेको भौतिक विकास […]

उपत्यकाको नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छिन् । उनले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताएकी हुन् । मन्त्री झाँक्रीले भनिन्, ‘नयाँ नगरको भौतिक विकास योजना स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषदमा लैजाने विषयमा गृहकार्य भइरहेको छ ।’ आइतवार साँझ भक्तपुरमा बसेको भौतिक विकास समितिको १६ औं बैठकलाई सम्बोधन गदै उनले नयाँ नगरलाई आधुनिक र सुविधा सम्पन्न रुपमा वि

‘उपत्यकामा बनाइने चार नयाँ शहरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ’

७ चैत, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ शहरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छन् । उनले उपत्यकाका नयाँ शहरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताएकी हुन् । मन्त्री झाँक्रीले भनिन्, ‘नयाँ शहरको भौतिक विकास योजना स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा गृहकार्य भइरहेको […]

'मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याएर भट्टराईको सपना पुरा गर्छु'

नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुरा गर्नको लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् ।

उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुँदा चहलपहल बढ्यो

असार १५, काठमाडौं । दुई महीनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।      काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमवारको बैठकले मंगलवारदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निर्णयबमोजिम मंगलवार उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ ।      निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । दुई महीनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।      महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमवारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउँछन् । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ । डिजेलको भाउ ९५ रुपैयाँ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ रुपैयाँ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले बताए । रासस

काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गरिने भएको छ । उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच एक साता निषेधाज्ञा थप गरिने गृहकार्य भइरहेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा थप गर्नेबारे गृहकार्य भइरहेको छ...

काठमाडौं उपत्यकामा कडाइसाथ थप एक साता निषेधाज्ञा लम्ब्याइने

यसबारे आवश्यक गृहकार्य भइरहेको प्रशासनले जनाएको छ। आवश्यक निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्दैछन्।

सुर्खेत उपत्यकामा ३ वर्षभित्र खानेपानी समस्या समाधानका लागि गृहकार्य सुरु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या ३ बर्ष भित्र समाधान हुने गरी जोडबल गरिएको छ । जसका लागि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना ल्याइएको छ । खानेपानी समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि भेरी नदीको पानी ल्याउने गृहकार्य थालिएको हो । शनिबार नेपाल सरकारक...