कृषि मन्त्रीले संसदलाई जानकारी गराए कृषि उपज आयातको विवरण

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले प्रतिनिधिसभा सदस्यहरुलाई कृषि उपज आयातको विवरणबारे जानकारी गरएका छन् । प्रतिनिधिसभा सदस्यहरुले आगामी आर्थिक बर्षका लागि सरकारले कृषि मन्त्रालयतका लागि विनियोजन गरेको बजेट शीर्षकमाथि गरेका प्रश्नहरुको जवाफ दिँदै उनले आयातको विवरण सुनाएका हुन् । मन्त्री यादवका अनुसार केही वर्ष यता निरन्तर धानउत्पादन र […]

सम्बन्धित सामग्री

झन्डै दुई अर्बको कृषि उपज निकासी

पर्याप्त खाद्यान्न उत्पादन नहुँदा बर्सेनि खाद्य सङ्कट भोग्ने कर्णाली प्रदेशले झन्डै दुई अर्ब रुपियाँको कृषि उपज निकासी गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका एक अर्ब ९६ करोड सात लाख ५७ हजार मूल्य बराबरका ४७ हजार १२४ मेट्रिक टन विभिन्न कृषि उपज अन्य जिल्ला तथा विदेशमा निकासी भएका छन् । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार सुर्खेतसहित नेपालगन्ज, चितवन, बुटवल, काठमाडौँका साथै भारत र जर्मनीमा कर्णालीको कृषि उपज निकासी भएका छन् । निकासी हुनेमा सबैभन्दा बढी अदुवा रहेको छ । ६६ करोड ७४ लाख ६३ हजारको १३ हजार ७५२ मेट्रिक टन अदुवा निकासी भएको छ । यस्तै ५० करोड ७५ लाख ९५ हजार मूल्य बराबरको १० हजार ४५१ मेट्रिक टन स्याउ निकासी भएको निर्देशनालयका कृषि प्रसार अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । यसै गरी २६ करोड ४१ लाख २० हजार मूल्य बराबरको सात हजार १२९ मेट्रिक टन तरकारी, २० करोड २० लाख मूल्य बराबरको सात हजार २५० मेट्रिक टन सुन्तला, ११ करोड ९५ लाख ७० हजार मूल्यको तीन हजार ३१० मेट्रिक टन बर्खे आलु निकासी भएको छ । निर्देशनालयका अनुसार पाँच करोड ४२ लाख ८९ हजार मूल्यको मकै, मर्सी, कोदो, चिनो, फापर जस्ता खाद्यान्न, तीन करोड १९ लाख मूल्यको मह, तीन करोड ८८ लाखको तरकारीको बिउ, तीन करोड ९१ लाख मूल्यको बेसार, तीन करोड ५८ लाख बराबरको सिमी कर्णालीबाट निकासी भएको निर्देशनालयका कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

कृषि उपज सूचना तथा उत्पादन रेकर्ड प्रणाली सञ्चालन

चितवन । चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनले कृषि उपजको उत्पादन तथा आपूर्ति खरीदमा संलग्न पक्षहरूबीच मूल्य, स्थान र समयको आधारमा सम्पर्क गराउने उद्देश्यले हालै यस्तो प्रणाली सञ्चालनमा ल्याएको हो । यस प्रणालीबाट किसानले आफ्नो उत्पादनको मूल्य प्रस्ताव गरी वेबसाइटमा राख्न सक्ने र किसानको उत्पादन हेरेर व्यापारीले खरीद गर्न सक्ने परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिए । ‘सूचना प्रणाली सञ्चालनमा आएसँगै हामी ‘चितवन मार्केट डट पीएमएमपी डटजीओभी डटएनपी’मार्फत कृषि उपजको विवरण दैनिक अद्यावधिक गर्छौं,’ उनले भने, ‘किसान र व्यापारीबीच सम्पर्क गराएर मूल्य निर्धारण गर्न सहयोग पुग्छ ।’ वेबसाइटमार्फत किसानले कृषि उपजको आपूर्तिको विवरण र व्यापारीले खरीदको विवरण राख्न सक्नेछन् । भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा रहेका तरकारी र फलफूलको मूल्य कृषकले सहजै हेर्न मिल्ने व्यवस्था गरिएको परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए । यसले गर्दा किसान ठगिनबाट बच्ने र उपभोक्ताले पनि कृषि उपजको प्रकृति र गुणस्तर अनुसार उचित मूल्यमा खरीद गर्न सक्ने उनले बताए । ‘वेबसाइटको मूल्यसूची हेरेर किसान र व्यापारीले आफूलाई चाहिने कृषि उपजको मूल्य र परिमाण तोक्न सक्छन् । त्यहाँ सम्बन्धित व्यक्तिको फोन नम्बर समेत राखिएको हुन्छ,’ उनले भने ‘यसले किसान र व्यापारीको सम्पर्क भई सहजै कृषि उपजको विक्री हुनेछ ।’ वेबसाइटमा चितवन बाहिरका किसान र व्यापारीले समेत आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको छ । कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणालीको वेबसाइट निर्माणमा ड्रिमवर्क सोलुसनले प्राविधिक सहयोग गरिरहेको छ । किसानले उत्पादन गरेका वस्तु खेर फाल्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले २ वर्ष अघिदेखि वेबसाइटको विकास गरेर अघि बढेको कम्पनीका निर्देशक सन्तोष जोशीले जानकारी दिए । कम्पनीले नेपालमा कृषि उपजको बजारीकरणमा सहज पुर्‍याउने गरी काम गरेको उनले बताए । उत्पादन नियन्त्रण प्रणालीमा चितवनमा भरतपुर, खैरहनी, माडी र राप्ती पालिकाका किसान सहभागी भइसकेका छन् । छुटेका किसानलाई पनि समावेश गर्ने योजना रहेको उनले जानकारी दिए । वेबसाइटमा मूल्यसूची र खरीद तथा विक्रीकर्ताको सम्पर्क सूत्र उल्लेख गरिएको ड्रिमवर्क सोलुसनका कार्यक्रम संयोजक किरण बमले जानकारी दिए । कृषि प्रवर्द्धन बजार विकास प्रालिका अध्यक्ष शालिकग्राम घिमिरेले किसान र व्यवसायीलाई जोडिराख्न यसलाई नियमित सञ्चालन गर्न अनुरोध गरे  ।  उक्त प्रणालीले किसान र व्यवसायीलाई फाइदा पुग्ने तरकारी जोन सञ्चालन समितिका संयोजक हरि ढकालले बताए ।

चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड प्रणाली सञ्चालनमा

वैशाख १६, चितवन । चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले कृषि उपजको उत्पादन र आपूर्ति खरीदमा संलग्न निकायबिच मूल्य, स्थान समयको आधारमा सम्पर्क गराउने उद्देश्यले कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको हो ।  यस प्रविधिबाट किसानले आफ्नो उत्पादनको मूल्य प्रस्ताव गरी वेबसाईटमा राख्न सक्ने र किसानको उत्पादन हेरेर व्यापारीले खरीद गर्न सक्ने परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिए । ‘सूचना प्रणाली अगाडी बढेको अवस्थामा हामीले ‘चितवन मार्केट डट पिएमएमपि डट जिओभि डट एनपी’ chitwanmarket.pmamp.gov.np मार्फत कृषि उपजको अवस्था दैनीक अपडेट गर्ने गरि अगाडी बढेका छौँ,’ उनले भने ‘यसले मूल्यको अवस्था र उत्पादनसँगै किसान र व्यापारी बिच सम्पर्क गराएर मूल्य निर्धारण गर्न सहयोग पुग्छ ।’ वेबसाइटमार्फत किसानले कृषि उपजको आपूर्तिको विवरण र व्यापारीले खरीदको विवरण राख्न सक्नेछन् ।  भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा रहेका तरकारी र फलफूलको मूल्य कृषकहरुले सहजै हेर्न मिल्ने व्यवस्था गरिएको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए ।  यसले गर्दा किसान ठगिन नसक्ने र उपभोक्ताले पनि मूल्य कृषि उपजको प्रकृति र गुणस्तरीय अनुसार कृषि उपज पाउने छन् ।  ‘वेबसाइटको मूल्यसूची हेरेर किसान र व्यापारीले आफूलाई चाहिने कृषि उपजको मूल्य र परिमाण तोक्न सक्छन् । त्यहाँ सम्बन्धित व्यक्तिको फोन नम्बर समेत राखिएको हुन्छ ।’ उनले भने ‘यसले किसान र व्यापारीको सम्पर्कभई सहजै कृषि उपजको बिक्रिमा सहज हुने देखिन्छ ।’ यस वेबसाइटमा चितवन बाहिरका किसान र व्यापारीले समेत आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको छ ।  कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणालीको वेबसाइडको प्राविधिक सहयोग ड्रिम वर्क सोलुसनले गरिरहेको छ । किसानले उत्पादन गरेका वस्तुहरुको खेर फाल्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले दुई वर्ष अघिदेखि वेबसाइडको विकास गरेर अगाडी बढेको ड्रिम वर्क सोलुसनका निर्देशक सन्तोस जोशीले जानकारी दिए ।  उनले नेपालमा कृषि उपजको बजारिकरणमा सहज पुर्‍याउने गरी काम गरेको बताए । उत्पादन नियन्त्रण प्रणालीमा चितवनमा भरतपुर, खैरहनी, माडी र राप्ती पालिकाका किसानहरु सहभागी भइसकेका छन् । छुटेका किसानहरुलाई पनि समावेश गर्ने योजना रहेको उनले जानकारी दिए ।  वेबसाइटमा मूल्य सूची, खरीद र विक्री कर्ताको सिधै सम्पर्क गर्न सक्ने नाम, नम्बर उल्लेख गरिएको ड्रिम वर्क सोलुसनका कार्यक्रम संयोजक किरण बमले जानकारी दिए ।  कृषि प्रवर्द्धन बजार विकास प्रालिका अध्यक्ष शालिकग्राम घिमिरेले किसान र व्यवसायीलाई जोड्ने प्रयास भएको भन्दै नियमित सञ्चालन गर्न अनुरोध गरे  ।  यस प्रविधिले किसान र व्यवसायीलाई फाइदा पुग्ने तरकारी जोन सञ्चालन समितिका संयोजक हरि ढकालले बताए  । यस वेबसाईटमार्फत किसान र व्यवसायीले आफ्नो विवरण राख्न सक्नेछन् ।

खोटाङमा कृषि उपज चिस्यान केन्द्र निर्माण

खोटाङ । संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहयोगमा खोटाङमा कृषि उपज चिस्यान केन्द्र निर्माण गरिएको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्ने उद्देश्यले जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा चिस्यान केन्द्र निर्माण गरिएको हो । दिक्तेल–१४ बुइपास्थित पञ्चदोबाटोमा चिस्यान केन्द्र निर्माणका लागि संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र नगरपालिकाले सहयोग गरेका छन् । संसद निर्वाचन क्षेत्र विकास कोष तथा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको नगरपालिकाले जानकारी दिएको छ । सांसदले खर्च गर्न पाउने गरी बजेटमार्फत दिइने निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम जथाभावी खर्च भइरहेको भन्दै आलोचना हुने गरेकोमा खोटाङमा चिस्यान केन्द्र निर्माणमा खर्च गरेपछि प्रशंसा भइरहेको छ । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र नगरपालिकाको ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रवारदेखि सञ्चालनमा ल्याइएको छ । लाखौंको कृषि उपज कारोबार हुने बुइपास्थित पञ्चदोबाटोको शुक्रबारे हटियामा यसअघि चिस्यान केन्द्र नहुँदा किसानलाई भण्डारणमा ठूलो समस्या हुँदै आएको थियो । वर्षौंदेखि कृषकले भोग्दै आएको भण्डारण सम्बन्धी समस्या चिस्यान केन्द्र सञ्चालनमा आएसँगै अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । चिस्यान केन्द्रमा किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामा समेत निकासी गर्ने योजना बनाइएको छ । चिस्यान केन्द्रमा भण्डारण गरेर राखिएका हरियो तरकारी १ महीनासम्म र फलफूल चारदेखि ६ महीनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको नगरपालिकाको भनाइ छ । रासस

धरानको कृषि उपज बजार आठौंपटक उत्कृष्ट घोषित

धरान (अस) । मुलुकभरका ११ ओटा संघीयस्तरका कृषि बजारमध्ये धरानको कृषि उपज बजार स्थल आठौंपटक उत्कृष्ट घोषित भएको छ । कृषि बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धरानको कृषि उपज बजारलाई यो वर्षको प्रथम बजार घोषणा गरेको जानकारी दिए । धरान कृषि बजार २०७५ सालयता लगातार उत्कृष्ट घोषित हुँदै आएको छ । कृषि मन्त्रालयले हरेक वर्ष विश्व खाद्य दिवसको अवसर पारेर उत्कृष्ट थोक बजारलाई पुरस्कृत गर्ने गरेको छ । धरानको कृषि उपज बजार स्थल प्रथम, सिन्धुली कृषि थोक बजार दोस्रो र बुटवल कृषि थोक बजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको भट्टराईले जानकारी दिए । किसान तथा व्यापारीलाई दिइने बजार सेवाको व्यवस्थापन, कारोबारको अवस्था लगायतको अनुगमन र मूल्यांकन गरेर वर्षेनि थोक बजारलाई पुरस्कृत गर्ने गरिएको छ । प्रथम, दोस्रो र तेस्रो हुने बजारहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । बजार व्यवस्थापन समतिका अध्यक्ष पशुराम कटुवालले व्यवस्थापनमा सबैको सहयोग र सहकार्यका कारण सफलता हात पार्न सफल बनेको वताए । उनले आगामी दिनमा पनि थप व्यवस्थित गर्दै अन्तरराष्ट्रियस्तरको बजार बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छन् ।

कृषि उपज प्रशोधनमा भाटभटेनीको एक अर्ब

भाटभटेनी सुपर मार्केटले कृषि उपज प्रशोधन उद्योगमा रू. १ अर्बको लगानी गर्ने भएको छ । काठमाडौं उपत्यकामा प्रस्तावित उक्त उद्योगले जडीबुटी, फलफूल र तरकारी प्रशोध गर्ने भाटभटेनी सुपर मार्केट्सका परामर्शदाता शीतल अधिकारीले जानकारी दिए । आगामी मंसिरभित्र उत्पादनमूलक सहकारी संस्थामार्फत यस्तो उद्योग सञ्चालनका लागि लगानी गर्ने तयारी भएको हो । यसका लागि सहकारी विभागमा उत्पादनमूलक सहकारी संस्था दर्ता गर्न प्रक्रिया अगाडि बढाएको उनले बताए । भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले केन्द्रीय सहकारी सङ्घसंग बजार व्यवस्थापनका निमित्त विभिन्न चरणमा कुराकानी गरिसकेका छन् । सङ्घका अध्यक्ष खेमबहादुर पाठकले भाटभटेनी सुपरमार्केटको अगुवाइमा सञ्चालन हुन लागेको सहकारी प्रशोधन उद्योगलाई पूर्ण सहयोग गर्ने बताए । अहिले सङ्घमा ८ क्षेत्रीय, २४ जिल्ला र २ सय १ प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् । भाटभटेनीले गत मंसिरदेखि यस्तो उद्योग सञ्चालनका लागि आवश्यक जग्गा लीजमा लिने प्रयास गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको परीक्षा नियन्त्रण कार्यालय बल्खुदेखि पारिपट्टिको ६० रोपनी जग्गा उनले लीजमा लिन खोजेका थिए । तर त्रिविले निजी प्रयोजनका लागि जग्गा लीजमा नदिने बरु सहकारी  संस्थाबाट आए दिन सकिने जवाफ दिएको अधिकारीले जानकारी दिए । सहकारीको माध्यमबाट आए उक्त ६० रोपनी जग्गामध्ये ४० रोपनी लीजमा दिन सकिने त्रिविले जवाफ दिएको उनको भनाइ छ । वर्ष ५, अंक ५, २०६७, भदौ १०–१७

म्याग्दीमा कृषि उपज केन्द्र निर्माण

म्याग्दी । म्याग्दीमा यो वर्ष चार कृषि उपज र आलु संकलन केन्द्र भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा तीन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत एक कृषि उपज संकलन केन्द्र निर्माण गरिएको हो । दुई कृषि उपज र दुई आलु संकलन तथा भण्डारणका लागि भवन निर्माण गरिएको हो ।      कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–४ बास्कुनामा कृषि उपज, रघुगंगा गाउँपालिका–६ ठाडाखानी र वडा–८ घ्याँसीखर्कमा आलु संकलन केन्द्र भवन निर्माण गरिएको कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पूर्वाधार विकास कार्यालयको सहयोगमा कृषिउपज संकलन केन्द्र भवन निर्माण गरिएको हो । ‘गाउँका किसानले थोरै थोरै मात्रामा उत्पादन गरेका कृषि उपज केन्द्रमा संकलन गरेर बजार पठाउन सहयोग पुगोस् भनेर संकलन केन्द्र बनाएका हौं’,  कृषि प्रसार अधिकृत पाण्डेले भने, ‘आलुको बिउलाई सुरक्षित रूपमा भण्डारण गरेर गुणस्तरीय बनाउन बिउ भण्डारण केन्द्रले सहयोग पुग्छ ।’     सुन्तला, दूध र तरकारी खेतीको पकेट क्षेत्र बास्कुनामा कृषि उपज संकलन निर्माणका लागि केन्द्रले ७ लाख ७४ हजार अनुदान सहयोग गरेको थियो । दुई कोठे भवनमा तरकारी तथा दूध संकलन गरेर बजार पठाउने र बजारबाट ल्याइने बिउ, मल भण्डारण गरेर राख्ने गरिएको बास्कुना कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताए । यसैगरी आलु पकेट क्षेत्र ठाडाखानीमा दुई कोठे आलु बिउ संकलन र भण्डारण भवन बनाउन केन्द्रले ५ लाख ९९ हजार ४ सय रुपैयाँ सहयोग गरेको छ । करिब दस हजार किलो आलुको बीउ भण्डारण गर्न सकिने दुई कोठे भवन बनाइएको ठाडाखानीको भीरकुना किसान समूहका अध्यक्ष भमाया बुढाथोकीले जानकारी दिए ।     झिंखानी व्यावसायिक कृषि उपज उत्पादन केन्द्र (ब्लक) आयोजना सञ्चालक समितिले घ्याँसीखर्कमा १४ मिटर लम्बाइ र ६ मिटर चौडाइ भएको आलु संकलन केन्द्रको भवन बनाएको छ । ८ लाखको लगानीमा निर्माण गरिएको भवनमा स्थानीय किसानले उत्पादन गरेको आलु संकलन गरेर बजार पठाउने व्यवस्था मिलाइने समितिले जनाएको छ । यसैगरी तरकारी र आलुको पकेट क्षेत्र मानिएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १०  लाख सहयोगमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण गरिएको छ । मनिबराह बहुउद्देश्यीय किसान समूहका अध्यक्ष लोकबहादुर पूर्जाले दुई तले भवन निर्माण गरिएको जानकारी दिए । रासस

कृषि उपज सङ्कलन केन्द्र स्थापना

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१, पतवारीमा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरिएको छ। वडाध्यक्ष तिलकराम न्यौपानेले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजनाका साथ सङ्कलन केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो। वडाध्यक्ष न्यौपानेले भन्नुभयो, “व्यावसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि कृषि सङ्कलन केन्द्र उपयोगी हुनेछ भन्ने मेरो विश्वास छ। कृषि सङ्कलन केन्द्रबाट नगरपालिकाभित्रका कृषकलाई लाभ हुनेछ।

पाँचथरबाट अढाइ अर्ब बढीको कृषि उपज निर्यात

पाँचथर जिल्लाबाट अढाइ अर्ब बढीको कृषि उपज बाहिरिएको छ। जिल्ला कृषि विकास कार्यालय पाँचथरका अनुसार आर्थिक वर्ष २०७३/७४ मा जिल्लाबाट २ अर्ब ६८ करोड रुपैयाँ बराबरको कृषि उपज बाहिरिएको हो। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९८ करोडको निर्यात भएको कार्यालय बाली संरक्षण अधिकृत सागर विष्टले जानकारी दिए। निर्यात भएका प्रमुखवालिहरुमा अलैँची, अदुवा, ताजा तरकारी, आलु,…