स्थानीय अर्गानिक उत्पादन पाउने चिनार घर सञ्चालनमा

सिमकोट – हुम्लामा उत्पादन हुने स्थानीय अर्गानिक अन्न, फलफूल, महलगायत सामग्री पाउने चिनार घर सञ्चालनमा आएको छ। स्थानीय उत्पादनमा व्यापार प्रवद्र्धन गर्न र सबै सामान एउटै थलोमा राखिँदा सेवाग्राहीलाई सहजता प्रदान गर्न चिनार घर सञ्चालनमा आएको हो। उक्त घरमा सञ्चालक विनोद लामाले सिमकोट विमानस्थल गेटमा सबै प्रकारका स्थानीय उत्पादन पाउने चिनार घर सञ्चालनमा आएको जानकारी […]

सम्बन्धित सामग्री

स्थानीय उत्पादनको बजार बढ्दै

म्याग्दी– म्याग्दीको गाउँगाउँमा किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको माग बढ्दै गएको छ । बेनीमा हुने मेला, महोत्सव, सम्मेलनमा जिल्लाका स्थानीय उत्पादित अर्गानिक वस्तु आन्तरिक तथा बाह्य पाहुनाले खोजीखोजी लाने गरेका छन् । म्याग्दी जेसिजको आतिथ्यतामा म्याग्दीको सदरमुकाम बेनीमा भएको नेपालन जेसिजको क्षेत्र ख सम्मेलनमा उपस्थित जेसिज पाउनाले नि:शुल्क स्टलमा राखेका म्याग्दीका उत्पादित वस्तु कोसेलीका […]

जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै

जुम्लामा उत्पादन हुने अर्गानिक तरकारी निर्यातको लागि संकलन गर्न थालिएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषिजन्य बस्तु संकलन गरिएको हो । पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, खुर्सानी, काउली र गोलभेँडा  उत्पादन हुने गरेको छ। कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्

जुम्ली स्याउ नपाक्दै बजार पुगेपछि संकलनमा कडाइ

खलङ्गा – जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन्। यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन्। काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्गानिक जिल्लाको पहिचान सङ्कटमा […]

जुम्ली स्याउ नपाक्दै बजारमा आएपछि सङ्कलनमा कडाइ गर्दै स्थानीय तह

जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको...

स्थानीय बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न कृषि मेला

जुम्लामा जिल्ला स्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । अर्गानिक खेतीमा वृद्धि कर्णाली सम्बृद्धि भन्ने नाराका साथ जुम्लामा एक दिने प्रदर्शनी भएको थियो ।स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न कृषि विकास कार्यालय जुम्लाको आयोजनामा  स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी भएको हो । मेला मार्फत स्थानिय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित

इलाममा स्थानीय पालिकाले घार प्रविधि हस्तान्तरण गर्दा मौरीपालन फस्टाउँदै

इलाम । इलामको रोङ गाउँपालिकामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ । परम्परागत रुपमा हुँदै आएको मौरी पालन व्यवसायलाई गाउँपालिकाले किसानलाई आधुनिक प्रविधि र घार हस्तान्तरण गरेसँगै किसानको आकर्षण पनि बढेको हो । कम मेहेनतमा अर्गानिक उत्पादन र उच्च मूल्य पाउने भएपछि किसानहरुको आर्कषण मौरीपालनमा बढेको हो । स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह प्रतिकेजी […]

अर्गानिक अचारको व्यावसायिक उत्पादन

स्याङ्जाको वालिङमा अर्गानिक अचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू गरिएको छ । ‘आमाको हात घर–घरको स्वाद’ भन्ने नाराका साथ वालिङमा अर्गानिक अचार घर सञ्चालनमा आएसँगै आचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू भएको हो ।वालिङ नगरपालिकाको अगुवाईमा युएनिडपी नेपाल र स्थानीय दियालो संस्थाको साझेदारी तथा वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको सहकार्यमा वालिङ […]

रेसुंगा नगरपालिकाले कृषकको घरबाटै कृषि उत्पादन खरिद गर्ने

रेसुंगा नगरपालिकाले घरमै पुगेर कृषि उत्पादन खरिद गरेर आफ्नै हाटबजारमार्फत बिक्री गर्न थालेपछि कृषकसँगै उपभोक्ता खुसी भएका छन् । नगरपालिकाले कृषि उपजको बजारीकरणमा सुनिश्चित गर्दै बिचौलियाको अन्त्य र सुपथ मुल्यमा उपभोक्तालाई नगरको अर्गानिक तरकारी चखाउने उद्देश्यले तीन वर्षदेखि हाटबजार सञ्चालन गरिरहेको छ ।यो हाटबजारको व्यावस्थापन राम्रो भए सम्भावना राम्रो रहेको छ । सडकको कारण रेसुंगा नगरसँगै विभिन्न स्थानीय तहको समन्वयमा गाउँगाउँका तरकारी तम्घास आउन सक्छ । त्योसँगै अर्घाखाँचीका दुई स्थानीय तह नजिक

पर्यटकलाई कोसेली बन्दै टोड्केको 'अर्गानिक' मुला

म्याग्दी – पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन हुँदै आएको मुला स्थानीयको पहिचान बन्दै गएको छ । हिमालको सम्मुख, चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो ।   उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र टोड्के धौलागिरि क्षेत्रमै मुला खेतीका लागि प्रसिद्ध मानिन्छ । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ । पछिल्लो समय टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेपछि मुला खेती पनि पर्...

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन शुरु

साउन ३०, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।  संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो ।  यसवर्ष साउन महीना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । ‘वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ’, वडाध्यक्ष सुनारले भने, ‘ढिलो गरी टिपेका कारण पाँच÷सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।’  विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो ।  उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताए ।  साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । ‘दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको हो’, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, ‘स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।’ एक हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो ।  नगदेबालीको रुपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको शुरुआत गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए ।  फलामखानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताए । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ ।  यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीनदिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ ।  यस वर्ष पनि रु तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चियाखेतीको लागि आवश्यक यन्त्र उपकरण खरीद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ ।  पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत रहेको उनको भनाइ रहेको छ । रासस