काठमाडौँ–अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन्। चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि छानबिनको लागि २२ असारमा संसदीय समिति गठन भएको थियो। शर्माले त्यसै दिन […]