भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा रहेको कुशीनगरमा बुधवार अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।
कुल २६० करोड भारुमा बनेको यो विमानस्थलबाट नोभेम्बर महिनादेखि नियमित उडान शुरू गरिनेछ । यो उत्तर प्रदेशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।
कुशीनगर अन्तर्राष्ट्रिय तीर्थस्थल हो । त्यहाँ भगवान् बुद्धको महापरिनिर्वाण भएको थियो ।
यो बौद्ध परिपथमा पर्ने तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीहरू लुम्बिनी, सारनाथ, गया र कुशीनगरमा पुग्ने गर्छन् ।
कुशीनगर विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्...