काठमाडौं २२ पुष । प्रतिनिधिसभाका ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले आज बोलाएको सर्वदलीय बैठकमा संसद्का अगामी बैठकहरुमा के कसरी अगाडि बढ्नेलगायतको विषयमा छलफल भएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमालाले बताए। उनले भने,‘संसद्का अगामी बैठकहरुमा के कसरी अगाडि बढ्ने, सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म र व्यवस्था तथा परामर्श समितिको गठन नभएसम्म बैठक संचालनका प्रक्रियाका विषयमा सामान्य छलफल […]