काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना सुरु भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको हो ।
राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । अहिले मतपेटिकाबाट खसालिएको मतपत्र पट्याउने काम भइरहेको छ ।
मंगलबार अबेर रातिसम्म राष्ट्रियसभा गृहमा भएको मतदानमा ४५६३ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले...