नेपालको एसियन कप खेल्ने सपना अधुरै

हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपालले हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको एसियन कप खेल्ने सपना अधुरै रहन पुग्यो । उज्बेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा भएको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल ग...

सम्बन्धित सामग्री

महिला रेफ्रीले एसियन कप खेलाउने

पुरुष एसियन कप फुटबलमा पहिलोपटक महिलाले निर्णायक भूमिका निभाउने भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले पहिलोपटक पुरुष एसिया कपमा महिला रेफ्रीलाई खेल खेलाउन मान्यता दिएको हो । जापानकी योसिमी यामासिता पुरुष...

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

महिला एसियन कप छनोट: तीन खेलमा नेपालले खायो १५ गोल

एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले कुनै खेल जित्न सकेन।

एसियन कप आयोजना गर्न ४ वटा देशको दाबी

काठमाण्डाै – एएफसी एसियन कप–२०२३ आयोजना गर्न चार वटा देशले दाबी पेस गरेका छन् । एसियन फुटबल कन्फेडेरेशन (एएफसी) ले एसियन कप आयोजनाका लागि अस्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेस गरेका जनाएको छ ।  चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक देशका लागि बोलपत्र आह्वान गरेको थियो । कोभिड–१९ को महामारीका कारण देखाएर चाइनिज फुटबल एसोसियशनले आयोजकबाट नाम फिर्ता लिएको थियो ।  एएफसीले दाबी पेस गर्ने चार देशको मूल्याङ्कन गरेर आयोजक देश घोषणा गर्ने जनाएको छ । ...

एसियन कप आयोजनाका लागि चार राष्ट्रको इच्छा

२ साउन, काठमाडौं । एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् । यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ […]

‘एएफसी एसियन कप जापानमा हुने सम्भावना झीनो’

जापान फुटबल संघका टेक्निकल निर्देशक यासुहारु सोरिमाचीले चीनमा आयोजना हुने भनिएको एएफसी एसियन कप आगामी वर्ष जापानमा हुने सम्भावना झीनो भएको बताएका छन्।...

एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ। कुवेतको जाबिर अल अहमद स्टेडियममा गएराति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१...

एएफसी एसियन कप चीनमा आयोजना नहुने

एएफसी एसियन कप–२०२३ चीनमा आयोजना नहुने भएको छ । चाइनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको हो ।एएफसीले सन् २०१९ मा चीनमा एसियन कप आयोजना गर्ने निर्णय गरेको थियो । प्रतियोगिता जुन १६ देखि जुलाई १६ सम्म हुने तालिका रहेको थियो । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल पनि एएफसी एसियन कपको छनोट खेलिरहेको छ ।

एसियन कप छनोटका लागि फुटबलको प्रशिक्षण आजदेखि सुरु

२ वैशाख, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणका लासग नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ । झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र फिलिपिन्ससँग खेल्नेछ । समूह ए को शीर्ष टोलीले अर्को वर्ष चीनमा हुने एसियन कप खेल्नेछ । दोस्रो हुनेका लागि उत्कृष्ट उपविजेताका रुपमा […]

एसियन कप छनोटका लागि महिला फुटबलको बन्द प्रशिक्षण सुरु

काठमाडौं। एएफसी एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमले सोमबारबाट प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरेको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्।२८ भदौ देखि ९ असोजसम्म नेपालमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपालले हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। आठ समूहका शीर्ष टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।