साना दलहरूले आफ्नो चुनाव चिह्न पाउने

काठमाडौँ । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका दलहरूलाई उनीहरूकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो । तर त्यसका लागि दलहरूले कुन कुन जिल्लामा आफ्नो दलको सङ्गठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई दिनुपर्नेछ ।

सम्बन्धित सामग्री

चुनाव चिह्न विवाद: लच्कियो निर्वाचन आयोग, तर साना दल अझै असन्तुष्ट

राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुले चुनाव चिह्न नपाउने अडानबाट अन्ततः निर्वाचन आयोग ब्याक भएको छ ।

‘कानुनले नै ठूला र साना दल भनेर विभेद गरेको छ’

२७ फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनमा ठूला दलले दलीय चुनाव चिह्न पाउँछन् । तर पार्टी जिन्दगीभर एउटै चुनाव चिह्न लिएका साना दलका उम्मेदवारहरुले के चुनाव चिह्न पाउँछन् भन्ने एकीन छैन । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा स्थानीय तहको निर्वाचनमा खडा भएका उम्मेदवारलाई मात्र चुनाव चिह्न वितरण गर्ने सम्बन्धी व्यवस्था छ […]

चार दललाई गोलाकारभित्रको हँसिया हथौडा

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर साना दल चुनावी मैदानमा उत्रने भएका छन् ।