माधव पक्ष पार्टीको नाम र चुनाव चिह्न टुंग्याउने गृहकार्यमा

काठमाडौं : नेकपा (एमाले) विभाजनको अन्तिम मोडमा पुगेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजनको निर्णायक मोडमा पुगेको हो। ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित नयाँ पार्टी दर्ताको नाम र चुनाव चिह्न टुंग्याउन नेता नेपाल समूहको छलफल बानेश्वरको अर्याल होटलमा सुरु भएको एक नेताले बताए। बैठकमा पार्टी विभाजनका लागि तयार भएका सांसद र नेताहरु सहभागी छन्। अध्यादेश जारी भएलगत्तै बैठकमा नेता नेपाल पनि प्रवेश गरिसकेका छन्। बैठकमा निर्वाचन आयोग जानको लाग

सम्बन्धित सामग्री

माओवादीमा पार्टीको नाम र चुनाव चिह्न फेर्न चर्को दबाब

०६४ को चुनावपछि निरन्तर ओरालो लागेको पार्टीलाई पुनर्जागृत गर्न नाम र चुनाव चिह्न परिवर्तन एउटा बलियो टुल हुनसक्ने प्रतिनिधिहरुको बुझाइ देखिन्छ ।

पाकिस्तान : चुनाव चिह्न विवादका कारण निर्वाचन मिति सर्न सक्ने

पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय भएको निर्वाचन फेरि ढिला हुन सक्ने चेतावनी दिएको छ।कुनै पनि अदालतको नाम उल्लेख नगरिकन निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा विभिन्न फोरममार्फत् चुनाव चिह्न परिवर्तन भइरहेको उल्लेख गरेको छ। निर्वाचन चिह्न वितरणपछि तीन वटा मुद्रण संस्थानलाई मतपत्र छपाइको आदेश दिइसकेको र एक दिनअघि नै मतपत्र छपाइको काम सुरू भइसकेको आयोगले जनाएको छ।आयोगले भनेको छ,  'निर्वाचन चिह्न परिवर्तन गर्ने क्रम यसरी

बाबुराम भट्टराई समूहले टुंग्यायो पार्टीको नाम

८ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद […]

रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने‚ पहिले नै अर्कैको नाममा दर्ता

काठमाडौं : रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। टेलिभिजनको जागिर छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताएका छन

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी

काठमाडौं : नयाँ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले पार्टीको नामसँगै प्रस्तावित चुनाव चिह्न घण्टी रहेको सार्वजनिक गरेका हुन्। अब यो नाम र चुनाव चिह्न दर्ताका लागि निर्वाचन आयोगमा जाने उनले बताए। उनले भने, 'अब यो सुशासनको घण्टी हो, भ्रष्टहरूका लागि जनाउ घण्टी हो।’ लामिछानेले आफ्नो नेतृत्वमा हाल २१ सदस्यीय पार्टी गठन गरेका छन्। उनले पार्टीमा भएकाह

माधव नेपालको नयाँ पार्टी : नाम- एमाले (समाजवादी), चुनाव चिह्न- खुला किताब

माधव नेपाल पक्षले नयाँ दल दर्ताको तयारी गरेको छ । दलको नाम नेकपा एमाले (समाजवादी) राखिने छ । चुनाव चिह्न खुला किताब रहने नेता जगन्नाथ खतिवडाले बताए । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले औपचारिक रूपमा विभाजनतर्फ अग्रसर भएको छ ।

माधव नेपालको नयाँ पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न किताब

काठमाडौं, भदौ २ । नेकपा एमालेका नेता डा. विजय पौडेलले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न किताब हुने बताएका छन् । पार्टी एकताका लागि अधिकतम प्रयास गर्दा पनि विभाजन हुने स्थिति आएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई […]

निर्वाचन आयोगमा दर्ता भयो त्रिमुल पार्टी, चुनाव चिह्न गजुर

निर्वाचन आयोगमा त्रिमुल नेपाल नामक पार्टी दर्ता भएको छ । भरत दाहालको नेतृत्वमा आयोगमा दर्ता रहेको राष्ट्रिय जनपरिषद् नेपाल पार्टीको नाम परिवर्तन गरेर त्रिमुल नेपाल कायम गरिएको हो । निर्वाचन आयोगले चुनाव चिह्न गजुर रहने गरी आइतवार त्रिमुल पार्टीलाई मान्यता दिएको छ । पूर्व माओवादी पृष्ठभूमिका भरत दाहालले राष्ट्रियताको मुद्दा उठाउँदै राजनीतिक अभियान सञ्चालन गर्दै आइरहेका छन् ।