सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको थियो ।