मधेश सरकारको नेतृत्व लिन कांग्रेसको बार्गेनिङ, जनमत पनि दाबेदार

जनकपुरधाम । केन्द्रीय राजनीतिमा आएको परिवर्तनले संघीयसहित प्रदेशहरूमा सत्ता समीकरण फेरिए पनि त्यसको मधेश प्रदेशमा परेको छैन । प्रदेश सरकार पुनर्गठनका लागि सत्ता गठबन्धन दल सरकार नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस र जनमतबीच बारा २ उपनिर्वाचन बार्गेनिङ खेलको रुपमा परिणत भएको छ । यी बार्गेनिङ...

सम्बन्धित सामग्री

मधेश सरकार छाडेको जनमत आन्दोलनको मुडमा

९ माघ, जनकपुरधाम । राजविराज झडपमा शिक्षामन्त्रीले नै लाठी खाएको भोलिपल्ट जनमत पार्टीले मधेश सरकार छाडेको छ । मंगलबार जनमतको संसदीय दलको बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । लगत्तै शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मंगलबार नै मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन् […]

सहमतिअनुसार मधेशमा पनि जनमत पार्टीले पाएन मन्त्रालय

जनकपुरधाम । मधेश प्रदेशमा पनि सहमतिअनुसार जनमत पार्टीले मन्त्रालय पाएकाे छैन । चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ । जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उहाँले अस्वीकार गर्नु भएकाे छ । यसअघि जसमा जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार […]

जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेतामा यादव

काठमाडाैं । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादव चयन हुनुभएको छ । दलका नेता चयन गर्न जनकपुरमा पुस ५ गते बसेको बैठकमा सहमति नजुटेपछि अध्यक्ष डा. सीके राउतलाई नै चयन गर्ने जिम्मेवारी दिइएको थियो । सोही बमोजिम अध्यक्ष राउतले दलका नेता यादवलाई बनाएको बुझिएको छ । यादव सप्तरी क्षेत्र नम्बर २ […]

जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेश यादव चयन

१६ पुस, जनकपुरधाम । जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन भएका छन् । अध्यक्ष डा. सीके राउतले सप्तरी निर्वाचन क्षेत्र नं.२(ख)बाट निर्वाचित यादवलाई दलका नेतामा चयन गरेका हुन् । यस्तै संसदीय दलको प्रमुख सचेतकमा चन्दनकुमार सिंह, सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरी चयन भएका छन् । पुस ५ गते […]

मधेश प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक

पर्सा । मधेश प्रदेशमा जनमत पार्टीको हातमा सरकारको चावी हुने पक्का जस्तै भएको छ । सत्ता गठबन्धन र एमाले जसपा गठबन्धन मध्ये जनमत पार्टीको समर्थन जसलाई हुन्छ उसैको सरकार बन्ने पक्का भएको हो । जसपाका केन्द्रिय अध्यक्षलाई नै पराजित गरेको जनमत पार्टीले मधेश प्रदेशमा समानुपातिक तर्फ पनि जसपालाई पछि पार्न सफल भएको छ । तथापि […] The post मधेश प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेशमा नयाँ सरकार : दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

जनकपुरधाम : यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन्। संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाको गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ। प्रदेशसभामा प्रत्यक्षतर

सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित

६ मंसिर, सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।

मधेश प्रदेश : जनमत पार्टीका कार्यकर्ताले गरे कृषि मन्त्रालयमा तालाबन्दी

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् । जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन

मतदाता नामावली संकलनको समय थप्न जनमत पार्टीको माग

जनकपुरधाम : सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलनको समय थप गर्न माग गरेको छ। धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उक्त पार्टीले संकलन समय थप गर्न माग गरेको हो। मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले उक्त माग गरेको हो। शुक्रवार मधेश प्रदेश…

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा मधेश प्रदेशमा राजमार्ग अवरुद्ध

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । किसान हकहितका लागि भन्दै आन्दोलन गर्दै आएको सो पार्टीले आज सप्तरीलगायतका मधेश प्रदेशमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेको हो । जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका कारण सप्तरी, सिराहा, धनुषालगायत जिल्लामा यातायात […]