माधव नेपालसहित २० नेतालाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) को आज बसेको १०औं महाधिवेशन आयोजक कमिटी बैठकले माधव नेपालसहित २० जना नेतालाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोधेको छ । यसअघि निलम्बनमा परेका नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई कारबाही गर्ने अध्यक्ष केपी शर्मा ओलीको तयारी छ । यसअघि यी चारै जना नेताले स्पष्टीकरणको जवाफ दिँदै उल्टै […]

सम्बन्धित सामग्री

स्पष्टीकरण प्रकरणले पार्टी एकतामा भाँजो हाल्योः माधव नेपाल समूह

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदमाथि स्पष्टीकरण सोध्ने कामले पार्टी एकताको प्रयासमा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ। माधव समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण र नाराबाजी छाडी पार्टी एकतालाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्पष्टीकरण, कारबाहीलगायतका गतिविधिले एकताको वातावरण बिथोलेको भन्दै ध्यानाकर्षण गराएको छ।

स्पष्टीकरण सोध्ने समाचार मात्रै आयो पत्र आएको छैन : एमाले सांसद खापुङ

काठमाडौं।नेकपा एमालेका सांसद भवानीप्रसाद खापुङले पार्टीले स्पष्टीकरण सोध्ने भनेर समाचारहरु आइरहेपनि अहिलेसम्म स्पष्टीकरण–पत्र भने नआएको बताएका छन्।पत्र नै नआएकाले यस विषयमा के गर्ने भनेर भन्न नसकिने भन्दै उनले पत्र नै आइहालेमा चाँही आफूहरुले कानुनी उपचार खोज्ने स्पष्ट पारे।माधव नेपाल समूहमा रहेका सांसद खापुङले भने–“मैले पनि स्पष्टीकरण सोध्ने भनेर समाचारमा पढे, पत्र आएको छैन, पत्र आएमा समूहमा छलफल गरी निर्णय गर्छौं।”

माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नदिने

काठमाडौं । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । हिजो बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको […]

ओलीले स्पष्टीकरण सोधेपछि माधव समूह छलफलमा

अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णयपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सोमबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहका २२ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहित उनी पक्षीय २२ जनाले विश्वासको मत दिएका थिए । ओलीले स्पष्टीकरण सोधेपछि सम्भावित रणनीति बनाउन तथा एकता प्रक्रिया र आगामी राजनीतिक यात्राबारे छलफल आयोजना गरिएको नेपाल निकट स्रोतले जानकारी दियो ।

माधव नेपाल पक्षलाई एमालेले सोघ्यो २४ घण्टे स्पष्टीकरण

एमालेले पार्टी निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको हो। प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए ।

सुदूरपश्चिममा नेपाल पक्षका सांसदको जवाफ : स्पष्टीकरण सोध्ने कमिटी नै अवैध !

२८ जेठ, धनगढी । सुदूरपश्चिममा नेकपा एमालेको माधव नेपाल पक्षका १७ सांसदले आफूहरुलाई स्पष्टीकरण सोध्ने प्रदेश कमिटीका पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । बिहीबार १७ सांसदले जवाफ पेश गर्दै पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको निर्णय अनुसार नभएकाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको पद नै अवैध रहेको उल्लेख गरेका छन् । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले […]

उपनिर्वाचनमा बादललाई मत नदिने प्रदेशसभा सदस्यसँग स्पष्टीकरण मागियो

नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै बैठकले नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरित नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको र पार्टीको निर्णय विपरि

कर्णालीमा फ्लोर क्रस : नेपालसहित नौजनासँग स्पष्टीकरण मागिने

काठमाडौँ। नेकपा एमालेले माधव नेपाल, भीम रावलसहित नौजनालाई स्पष्टीकरण सोध्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खोलेको आरोपमा स्पष्टीकरण सोध्न निणर्य गरेको हो। थप कारवाहीका सम्बन्धमा भने स्पष्टीकरणको जवाफका आधारमा १० गते बस्ने बैठकले निर्णय गर्ने बताइएको छ।