साउदी अरबमा गैरकानूनी कार्यमा संलग्न रहेका पाँच सय भन्दा वढी नेपाली कारागारमा रहेका छन् । नेपाली राजदूतावास रियाद (साउदी अरब) ले विभिन्न आरोपमा ५ सय ११ जना नेपाली पक्राउ परेको...
१० चैत, काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनोटको खेल खेल्न बहराइन आएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाली राजदूतावास बहराइनले सम्मान गरेको छ । नेपाली राजदूतावु बहराइनको समन्वयमा बहराइनमा रहेका विभिन्न नेपाली संघ, संस्था र संगठनहरुद्वारा संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दै राजदूतावासले शुक्रबार नेपाली टोलीको स्वागत र सम्मान गरेको थियो । कार्यक्रमको संयोजन […]
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा विदेशमा रहेका नेपाली राजदूतावास पनि बन्द रहने भएका छन् । गृह मन्त्रालयले उनको शोकमा एकदिन विदा दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली राजदूतावासहरु समेत बन्द रहने भएका हुन् । साउदीमा रहेको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार जोशीको निधनको शोकमा कात्तिक १ गते (१८ अक्टोबर २०२२) मा राजदूतावास बन्द रहने जनाएको हो । त्यस्तै मलेसियास्थित नेपाली राजदूतावासले पनि १ गते दूतावासका नियमित कन्सुलर सेवाहरू बन्द रहने जनाएक
पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले नेपाली दूतावास स्थापनाको माग गरेका छन् । नेपाल सरकारमाथि दवाव बढाउने उद्देश्यका साथ ‘नेपाली राजदूतावास अभियान समूह’ लिस्वनको अलमेदा पार्कमा सांकेतिक प्रदर्शन गरेका हुन् । ‘जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यसरी नै नेपालीहरु भएको देशमा दूतावास चाहिन्छ’ भन्दै उनीहरुले पार्कमा पानी वितरण गरेका थिए । अभियानका अगुवा गंगा बहादुर नेम्कुलले अनुसार दूतावास नहुँदा नेपालीहरुलाई कुनै समस्या पर्दा गुहार गर्ने
नेपाली राजदूतावास मलेसियाबाट पनि विद्युतीय राहदानी वितरण सुरु भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको हो ।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आएर लामो समयदेखि कामदारको रुपका कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न पुगेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको सुरुआत गरिएको छ ।राहदानी विभागबाट उनको राहदानी प्रिन्टसमेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै
२४ माघ, काठमाडौं । नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन सुरु भएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको राहदानी विभागका प्रवक्ता शरदराज आरणले जानकारी दिए । उनका अनुसार हिंजोदेखि विद्युतीय राहदानी उत्पादन सुरु भएको हो । आजबाट नेपाली राजदूतावास, कतारले बुकिङ खुला गरेको […]
आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गर्न थालिएको छ ।
विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आईतबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । शुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ ।
अन्य खाडी मुलुकहरु र मलेशियामा...
काठमाडौं। इजारायल र प्यालेस्टाइनबीच हिंसा बढेर द्वन्दको स्थिती सृजना भएपछि नेपालीलाई सुरक्षित बस्न भनिएको छ। इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले एक विज्ञप्ती जारी गर्दै सुरक्षित बस्न अनुरोध गरेकी हुन्। गएराती मात्रै प्यालेस्टानबाट इजरायलतर्फ १८० भन्दा बढी रकेट प्रहार गरिएको थियो। राजदूतावासले इजरायलमा रहेका नेपालीलाई साइरन बझ्नासाथ घरभित्र पस्न र झ्याल ढोकामा नबस्न आग्रह गरेको छ।