संघीयता कार्यान्वयनका क्रममा प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीलाई सर्वोच्च अदालतले धमाधम फिर्ता गरेर संघको दरबन्दीमा पदस्थापन गर्न आदेश दिएपछि पूर्ववर्ती सरकारले गरेको समायोजन प्रक्रियामाथि प्रश्न उठेको छ । त्यसै सरकारको आदेशका कारण मन नमानी नमानी प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरू अदालतमा रिट हालेर संघमा फर्किने क्रम बढेको छ । यसले समायोजन नै असफल […]