काठमाडौँ- नेपाल कला परिषद बबरमहलमा सम्झना राजभण्डारीको प्रिन्ट सम्बन्धी कला प्रदर्शनी चलिरहेको छ । प्रदर्शनी यही वैशाख २५ देखि जेठ २ गते सम्म चल्ने भएको छ। प्रदर्शनीमा वि.सं. १९६५ सालदेखि नेपाल सरकारले चलन चल्तीमा ल्याएका हुलाक टिकटहरुलाई प्रिन्ट मेकिङ्गको माध्यमबाट ठूलो आकारमा बनाइ प्रदर्शनी गरिएको छ। लामो समयदेखि विभिन्न क्याम्पसहरूमा अध्यापन गराइरहेकी सम्झना हाल पनि […]