काठमाडौं: बौद्धस्थित 'ग्यालरी एल ए'मा यतिखेर बेसार शीर्षकमा एल बज्र लामाको कला प्रदर्शनी चलिरहेको छ। पहिलो आर्ट देखिन्छ रुखमा फूल फुलेजस्तै। झट्ट हेर्दा ती फूलेका फूलजस्तै देखिए सालनालसहित झुन्डिएका भ्रुण रहेछन्। ‘हेङ्गिङ फेट्स्’ शीर्षकको उक्त आर्ट मनपरी गर्भपतनबारे बताउन खोजेको कलाकार लामा बताउँछन्।
‘गर्भ रहनसाथ लिंग पहिचान गरेर छोरी छ…