कर्णाली । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश राजेन्द्र खरेलको इजलासले निवेदकको मागबमोजिम आदेश हुनुपर्ने वा होइन भन्ने विषयमा सूचना प्राप्त भएको मितिले १५ दिनभित्र कारण, आधार र प्रमाण पेश गर्न विपक्षीका नाउमा आदेश दिएको हो । […]