रेमिट्यान्स भित्र्याउनेमा भारत अगाडि

दुई वर्षको लगातार गिरावटपछि गत वर्ष भारतमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) मा पुनः वृद्धि भएको छ । गत वर्ष भारतमा ६९ अर्ब डलरको विप्रेषण भित्रिएको थियो । यद्यपि यो २०१४ को ७०.४ अर्ब डलरको तुलनामा अझै कम हो । भारतबाट बाहिर गएको विप्रेषणमा भने लगातार वृद्धि भई गत वर्ष ५.७ अर्ब डलर पुगेको हालै प्रकाशित विश्व बैंकको प्रतिवेदनले देखाएको छ ।

सम्बन्धित सामग्री

भारतबाट न रेमिट्यान्स पठाउन सहज छ, न त साथमा पैसा बोकेर ल्याउन

कृष्ण राम शर्मा ।वैदेशिक रोजगारीको कुरा गर्दा सबैको दिमागमा जहाज चढेर जाने देशको काम भन्ने मात्र आउँछ । तर भारतमा पनि मजस्ता कयौँ श्रमिकहरू छौँ । फरक यति हो कि यहाँ आउन पासपोर्ट चाहिँदैन ।अन्य देशमा जस्तै यहाँ पनि हामीले रगत पसिना नै बगाएर काम गर्ने हो । यहाँ कमाएको पैसा घरमा नै पठाउने । तर समस्या यही छ कि भारतमा काम गर्ने हामी नेपालीले सहज रूपमा देशमा पैसा पठाउन पाउने व्यवस्था समेत छैन ।यहाँबाट रेमिट्यान्स पठाउन गाह्रो छ । बैङ्किङ च्यानलबाट त घरमा पैसा पठाउन असम्भवजस्तै छ । ल बैंङकमार्फत त पठाउन सकिएन मानियो ...

भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो । भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ । विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्य...

भारत विश्वमै बढी रेमिट्यान्स भित्र्याउने मुलुक बन्याे

काठमाडौं । भारतले यो वर्ष १ सय अर्ब डलर रेमिट्यान्स भित्र्याउने भएको छ । विश्व बैंकका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिका लगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ति देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा १ खर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंकको […]

देखापढी विजिनेश न्यूज

जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले १० दिनमा काम नभ्याएपछि एक हप्ता म्याद थपिएको छ। भारत निर्यात नभएपछि खानेतेलमा प्रतिलिटर ४० रुपैयाँसम्म मूल्य घट्यो। बैंकको सबै शाखाले भुक्तानी गर्नेगरी नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच रेमिट्यान्स सम्झौता भएको छ। नेपाल डेरी एशोसिएनले विपद् व्यवस्थापन कोष खडा गर्ने भएको छ। एनआईसी एसियाले एक वर्षमा साढे ४ अर्ब मुनाफा गरेको छ

भारतबाट नेपाल पठाउने रेमिट्यान्सको सीमा बढ्यो

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले भारतमा औपचारिक क्षेत्रमा काम गर्ने नेपालीका लागि रेमिट्यान्स पठाउन लगाएको सीमा वृद्धि गरेको छ ।आरबीआईले निर्देशन जारी गर्दै रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट वृद्धि गरेर २ लाख भारु पु-याएको हो । यसैगरी प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ । भारत नेपालका लागि दोस्रो ठूलो […]

ग्लोबल आईएमई बैंकमार्फत विश्वका १५ देशबाट रेमिट्यान्स

काठमाडौं। ग्लोबल आईएमई बैंकमा विश्वका विभिन्न देशहरुबाट रेमिट्यान्स पठाइँदै आएको छ। बैंकका अनुसार संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापानबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका विभिन्न देशबाट पनि बैंकले रेमिट्यान्स भित्र्त्याइरहेको छ। अहिलेसम्म बैंकले देशभर ८०० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ।

नेपालीका शव विदेशी भूमिमा अलपत्र

कोरोना महामारीको बीचमा पनि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बढेकोे तथ्यांकबाट उत्साहित हुने सरकार विदेशमै काम गर्ने सिलसिलामा ज्यान गुमाएका नेपालीका शव ल्याउन भने असफल भएको छ ।विदेशमा मृत्यु भएका आफन्तको शव ल्याउन हारगुहार गरिरहेपनि लामो समयदेखि अलपत्र परेका ९८ शव ल्याउन सरकार असफल भएको हो । अन्य समानान्तर श्रम स्रोत मुलुक भारत, पाकिस्तान, […]

ग्लोबल आईएमईमार्फत यी देशबाट पठाउन मिल्छ रेमिट्यान्स

काठमाडौं। ग्लोबल आईएमई बैंकबाट विश्वका १५ वटा मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बैंकले बताएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेयिबा र कतारबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी बहराइन, कुबेत, भारत, जोर्डन र हङकङबाट समेत बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बताइएको छ।

रेमिट्यान्स भित्र्याउनेमा चीन भन्दा भारत अगाडि

विश्वमै प्रवासीद्वार आफ्नो मुलुकमा पैसा पठाउने मामिलामा भारत सबै भन्दा अगाडि रहेको छ । २०१८ मा प्रवासी भारतीयले कुल ७९ अर्ब डलर भारत पठाएका थिए । विश्व बैंकको माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफमा यो जानकारी दिइएको हो । भारतपछि रेमिट्यान्स भित्र्र्याउने दोस्रो ठूलो मुलुकमा चीन रहेको छ । गत वर्ष चीनले ६७ अर्ब डलर विदेशबाट आफ्नो मुलुक पठाएको थियो । यसपछि मेक्सिको ३६ अर्ब डलर, फिलिपिन्स ३४ अर्ब डलर र इजिप्टले २९ अर्ब डलर आफ्नो मुलुकमा भित्र्र्याएका थिए ।

सानिमा बैंक र एक्सिस बैंक भारतबीच रेमिट्यान्स सम्झौता

सानिमा बैंक र एक्सिस बैंकबीच भारत—नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखालगायत नेपालभरि ७ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।