काठमाडौँ – कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन्। कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो। जसकाे नयाँ सीइओमा अर्याल नियुक्त भएका हुन्। बैंककाे हिजाे आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो। […]