आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।
एक मन्त्रीका अनुसार आजको बैठकमा कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल केन्द्रीत हुनेछ ।
शनिवार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको थियो ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकमा सीसीएमसीको सिफारिसबारे आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।