‘मारूनी’ नाच संरक्षण गर्दै युवा (फोटो फिचर)

पाल्पा :  अग्लो डाँडाको टाकुरोमा रहेको एउटा मन्दिर। मन्दिर अगाडिको खुला चौर। जहाँ गुन्यु र चोलीमा सजिएका। गलामा माला पहिरिएका। गीतको लयमा मादल घन्किएका आवाज। त्यही तालमा जेष्ठ नागरिकसँगै भर्खरका किशोर किशोरीले नाचेर साथ दिइरहेका देखिन्थे। नाच हेर्न सयौंको संख्यामा दर्शकको भीड।रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गास्थित रैनादेवी मन्दिर प्रांगणको दृष्य हो यो। यहाँ वर्षेनी मारूनी नाच्ने गर्छन्। न्वागी मेलाको अवसर पारेर यहाँ पुरानो संस्कृति झल्किने मारूनी नाच देखाइन्छ। लोप हुँदै